होमपेज » समाचार » खोपको सहज आपूर्ति गर्न राप्रपाको माग

खोपको सहज आपूर्ति गर्न राप्रपाको माग

शनिबार, २५ बैशाख २०७८, २०:४७

काठमाडौं । पार्टीले महामारीको समयमा जनस्वास्थ्यसँग खेलबाड गर्ने कमिसनखोरलाई तत्काल छानबिन र कारवाही गरी खोपको सहज आपूर्ति गर्न माग पनि गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संकटको यो समयलाई पनि नाफा आर्जनको मौकाको रुपमा लिनु अमानवीय र व्यवसायिक धर्म विपरीत भएको बताएको छ ।

अध्यक्षत्रय पशुपति शमशेर जबरा, डा= प्रकाशचन्द्र लोहनी र कमल थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राप्रपा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउन पुगेकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछ । साथै संक्रमित भइ उपचाररतहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’