होमपेज » समाचार » काबुल आक्रमणः कम्तीमा ३० जनाको मृत्यु

काबुल आक्रमणः कम्तीमा ३० जनाको मृत्यु

आईतवार, २६ बैशाख २०७८, १०:०५

अफगानिस्तानको राजधानी काबुलमा एउटा माध्यमिक विद्यालयनजिकै विस्फोटनहरू हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । उक्त घटनामा दर्जनौँ अरू घाइते भएका छन् । विद्यालयबाट बालबालिकाहरू निस्किरहेको बेलामा शनिवार ती विस्फोटनहरू भएका थिए ।

सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा बाटोमा विद्यार्थीका झोलाहरू छरपस्ट देखिन्छन् । अफगान अधिकारीहरूका अनुसार विस्फोटनका लागि एउटा कार बम र मोर्टारहरू प्रयुक्त भएका थिए । एजेन्सीको सहयोमा