होमपेज » हेडलाइन » बूढानीलकण्ठमा महन्थ र राजेन्द्र

बूढानीलकण्ठमा महन्थ र राजेन्द्र

आईतवार, २६ बैशाख २०७८, १०:१४

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सदनमा लिने विश्वासको मतका समर्थन जुटाउन ठाकुर महतो समेतलाई लिएर बूढानीलकण्ठ पुगेको जसपा पार्टीका एक नेताले बताए । प्रधानमन्त्री ओलीको विश्वास मतको पक्षमा रहेका अध्यक्ष ठाकुर रहेका छन् ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त नहुने अवस्था आएमा जसपा नेपालका अध्यक्ष ठाकुर पक्ष तटस्थ बस्ने सोच पनि बनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नै विश्वासको मत प्राप्त नहुने अवस्थामा आए जसपा नेपाल तटस्थ बस्दा नै राम्रो हुने सुझाव दिएको एक वरिष्ठ नेताले बताए ।