धनगढी । जिल्लाको बडिमालिका नगरपालिका–९ का वडाध्यक्ष बिनोद कुमार बिकको कोरोना संक्रमणबाट शनिबार मृत्यु भएको हो । बाजुरामा कोरोना संक्रमित वडाध्यक्षको मृत्यु भएको छ ।
बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले विगत एक हप्तादेखि बिरामी रहेका उनलाई शनिबार कोरोना पुष्टि भएको बताउँदै थप उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको जानकारी दिए ।










