होमपेज » हेडलाइन » ठाकुर र महतो ओलीलाई भेट्न बालुवाटार पुगे

ठाकुर र महतो ओलीलाई भेट्न बालुवाटार पुगे

आईतवार, २६ बैशाख २०७८, १२:२८

काठमाडौं । जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । केहीबेरअघि उनीहरु ओलीलाई भेटेर बालुवाटारबाट निस्किएको स्रोतले बताएको छ ।

आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग लामो छलफल गरेपछि ठाकुर र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् । ओली नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउने गृहकार्यमा माओवादी, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष छ ।

त्यसकै लागि देउवाले ठाकुर र महतोालाई बोलाएर ओलीलाई विश्वासको मत नदिन र आफ्नो नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए । निकट स्रोतका अनुसार ठाकुर र महतोले जसपाले ओलीलाई विश्वासको मत पनि नदिने र नयाँ गठबन्धनको सरकारलाई पनि समर्थन नगर्ने संकेत गरेका छन् ।