होमपेज » हेडलाइन » अब नयाँ बिरामी लिन सक्दैनौं ः ओम अस्पतालल

अब नयाँ बिरामी लिन सक्दैनौं ः ओम अस्पतालल

आईतवार, २६ बैशाख २०७८, १५:३३

काठमाडौं । कोभिड–१९ का बिरामीको उपचार गरिरहेको ओम अस्पताल तथा रिसर्च सेन्टरले अब कोभिडका नयाँ बिरामी भर्ना लिन नसक्ने जनाएको छ । सरकारले नियन्त्रित कोटामा आउने अक्सिजन आपूर्ति अपर्याप्त भएकाले बिरामीको उपचारका लागि तयार रहे पनि नयाँ बिरामी लिन नसक्ने अस्पतालले एक विज्ञप्ति जारी गरि जनाएको हो ।

अस्पतालले कोभिड बिरामीको उपचारका लागि पर्याप्त जनशक्ति भएपनि अक्सिजनको अभावका कारण नयाँ बिरामी भर्ना गर्न असमर्थ रहेको विज्ञप्तिमा जनाएको छ ।