होमपेज » हेडलाइन » सामूहिक राजीनामा अपराध हो ः प्रधानमन्त्री केपी शर्मा ओली

सामूहिक राजीनामा अपराध हो ः प्रधानमन्त्री केपी शर्मा ओली

आईतवार, २६ बैशाख २०७८, १९:२५

काठमाडौं । आइतबार विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भनेका छन् ।

 

‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं भोलि हामी जनतालाई जवाफ दिन्छौं’ उनले भनेका छन् ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने म पार्टी अध्यक्षको है

सियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’

 

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । तर त्यसअघि नै नेकपा एमालेको माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी गरेको छ । सोही समूहलाई लक्षित गरी ओलीले विज्ञप्ति जारी गरेका हुन् ।