होमपेज » समाचार » अवैधरूपमा काठ काट्ने ६ जना पक्राउ

अवैधरूपमा काठ काट्ने ६ जना पक्राउ

मंगलवार, २८ बैशाख २०७८, ११:५३

निषेधाज्ञाको उल्लंघन गरी भारतबाट सालको काठ काटेर ल्याउने कार्यमा संलग्न ६ जनालाई सशस्त्र प्रहरीले गए राति भीमदत्त नगरपालिकाको ब्रम्हदेव क्षेत्रबाट पक्राउ गरेको छ ।

 

पैदल गस्तीमा रहेको सशस्त्र प्रहरीले सीमा इलाकामा गस्ती गर्ने क्रममा रु ६० हजार मूल्य बराबरको सालको काठसहित ६ जनालाई पक्राउ गरेको हो ।

 

काठसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।