होमपेज » हेडलाइन » लुम्बिनी प्रादेशिक अस्पतालमा १२ जना मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ जना मृत्यु

मंगलवार, २८ बैशाख २०७८, १२:१६

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जना रुपन्देहीमा, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक–एक जना छन् । १२ जना मध्ये ११ जना पुरुष र एकजना महिला हुन् ।

 

उनीहरु मध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म,४ जनाको सोमबबार दिउसो साढे ४ बजेपछि राति १२ बजेसम्म, २ जनाको २६ गते र एकजनाको २४ गते दिउसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

 

२४ गते र २६ गते मृत्यु भएका संक्रमितको शब व्यवस्थापन नभएकाले आज मात्र जानकारीमा आएको डा. गौतमले बताए । ‘अस्पतालमा शब व्यवस्थापन समयमै हुन नसक्दा कतिपय संक्रमितको मृत्युको जानकारी ढिला मात्रै हुन्छ’–डा. गौतमले भने–‘संक्रमित र मृत्यु दर बढेको तर अस्पतालमा सूचना प्रविधि क्षेत्रका जनशक्ति अभावले संक्रमितको भर्ना भएदेखि निधनसम्मको डाटा इन्ट्री गर्नै नसकिने अवस्था भयो ।’