होमपेज » समाचार » ‘गोदावरी सनराइज’ केन्द्रको आज उदघाटन

‘गोदावरी सनराइज’ केन्द्रको आज उदघाटन

शुक्रबार, ३१ बैशाख २०७८, १०:२३

काठमाडौं । ललितपुरको गोदावरीमा निर्मित सम्मेलन केन्द्रको आज उदघाटन गरिंदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासबाट भर्चुअल रुपमा सम्मेलन केन्द्र उदघाटन गर्न लागेका हुन् ।

 

शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहका अनुसार प्रधानमन्त्री ओलीले बिहान ११ बजे सम्मेलन केन्द्र उदघाटन गर्न लागेका हुन् । यो सम्मेलन केन्द्र ३ हजार सिट क्षमताको छ । ४३ रोपनी १५ आनामा बनेको यो सम्मेलन केन्द्रलाई ‘गोदावरी सनराइज’ नाम दिइएको छ ।