वीरगञ्ज । पछिल्लो २४ घण्टामा वीरगञ्जमा कोरोनाबाट थप १३ जना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमा ४, नेशनल मेकिडल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा ३, भवानी अस्पतालमा २, नारायणी बयोधा अस्पताल, स्पर्श मल्टि स्पेस्यालिटी हस्पिटल, प्रभु हस्पिटल र वीरगञ्ज हेल्थ केयर हस्पिटलमा १–१ जना गरी १३ जनाको मृत्यु भएको हो । बिहीबार मृत्यु भएका १० जना पर्साका र ३ जना बारा जिल्लाका हुन् ।
यस्तै नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज–१५ की ५५ वर्षीया महिलाको बिहीबार अपरान्ह साढे ३ बजे, वीरगञ्ज–२६ की ४५ वर्षीया महिलाको बिहीबार बिहान साढे ३ बजे, वीरगञ्ज–५ की ६० वर्षीया महिलाको बिहीबार बिहान साढे १ बजे र जितपुर सिमरा उपमहानगरपालिका–२० बस्ने ३५ वर्षीय पुरुष बुधबार बेलुका पौने १० बजे उनको मृत्यु भएको छ ।










