होमपेज » समाचार » एभरेष्ट इन्स्योरन्सको नाफा बढ्यो

एभरेष्ट इन्स्योरन्सको नाफा बढ्यो

शुक्रबार, ३१ बैशाख २०७८, १२:००

काठमाडौं । एभरेष्ट इन्स्योरन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ११.२१ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १३ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । इन्स्योरेन्सको खुद बीमाशुल्क पनि १५.०८ प्रतिशतले बढेर ३८ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा कम्पनीले ३३ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

 

यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशन बापत ८ करोड ६४ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट ४ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३४ करोड ८७ लाख रुपैयाँ र बीमा कोषमा ४० करोड ८ लाख रुपैयाँ सञ्चित छ ।

 

कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४ पैसा, प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ४० पैसा र मुल्य आम्दानी अनुपात ३५.९७ गुणा रहेको छ । कम्पनीले ८३ हजार २८९ वटा बीमालेख जारी गरि ७८ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।