काठमाडौं । । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव पक्षलाई समेत समेटेर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेपनि नेपाल पक्ष तत्काल सरकारमा सहभागी नबन्ने भएको हो । एमालेको माधव नेपाल समुह तत्काल ओली नेतृत्वको सरकारमा सहभागी नबन्ने भएको छ ।
बिहीबार राति तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले आज सपथ ग्रहण गर्दैछन् । आफ्नो सपथ ग्रहणसँगै ओलीले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
मन्त्रिमण्डल कत्रो बनाउने र को–को सहभागी हुने भन्ने प्रधानमन्त्रीले आन्तरिक छलफल गरिरहेको छ । नेता नेम्वाङले भने, ‘सकभर सबै पक्षलाई समेट्ने भन्ने नै छ ।’ त्यसका लागि प्रधानमन्त्री ओलीले जसपा र माधव समुहका नेताहरुलाई सरकारमा सहभागी बन्न आग्रह गरेको बताइएको छ ।










