काठमाडौं । महाशाखाका अनुसार आज देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । भने, हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।
यसैगरी, आज दिउँसो प्रदेश १ लगायत देशका अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी, आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ । र, प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।










