होमपेज » हेडलाइन » ओेली र नेपाल आज छलफल गर्दै

ओेली र नेपाल आज छलफल गर्दै

आईतवार, २ जेष्ठ २०७८, १०:१७

काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधान गर्ने विषयमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज अपरान्ह छलफल हुने भएको छ ।

गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज त्यसैलाई निरन्तरता दिँदै कार्यदलमा रहने सदस्यबारे छलफल गर्न लागेका हुन् ।

यद्यपि दुई नेताबीचको भेटवार्ताको समय तय भइनसकेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । ‘आज कार्यदलमा रहने सदस्यहरुको नाम टुंग्याउने गरी दुई नेता बस्ने कुरा छ । समय र स्थान तय भइसकेको छैन तर एकदुई बजेतिरको समय हुनसक्छ’, नेम्वाङको भनाइ छ ।