होमपेज » हेडलाइन » काठमाडौंको चन्द्रागिरीमा आजदेखि एक साता सिल

काठमाडौंको चन्द्रागिरीमा आजदेखि एक साता सिल

शनिबार, १ जेष्ठ २०७८, १३:२९

काठमाडौं । काठमाडौं उपत्यकाको चन्द्रागिरी नगरपालिकाले एक साता अवधिभरका लागि नगरपालिका सिल (लकडाउन) गरेको छ ।

आज जेठ १ गते देखि लागु हुने गरि ७ गते सम्म बिहान ६ बजे देखि सांझ ५ बजे सम्म सर्वसाधरणलाई हिँडडुल गर्न पुर्ण रुपमा प्रतिबन्ध गरिएको छ ।

 

नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमणको रोकथाम र नियन्त्रणका लागि औषधी पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा र सम्पूर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफुल तथा तरकारी पसल, निर्माण व्यवसायी लगायतका पसलहरु, नगरपालिकाका वडा कार्यलय, नगरबाट सञ्चालित योजनाहरु, सरकारी, गैरसरकारी, बैक तथा वित्तीय संस्थाहरु निजी सम्पुर्ण कार्यालयका सेवा पुर्णरुपमा बन्द गरि नगरपालिकालाई नै सिल गरेको हो ।

खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दुधको ढुवानीका साधनलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरि सञ्चालन गर्न दिइएको छ ।

 

त्यसैगरी पशुपक्षीको दाना, कृषि प्रयोजनका बिउ, बिजन, कृषि उत्पादन, औषधी उद्योग लगायत फोहरमैला बोक्ने सवारी साधनहरुलाई सिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने भएको छ ।