होमपेज » समाचार » जेष्ठ २१ गतेसम्म सिरहामा निषेधाज्ञा

जेष्ठ २१ गतेसम्म सिरहामा निषेधाज्ञा

शनिबार, १ जेष्ठ २०७८, १३:२३

जनकपुरधाम । सिरहामा आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको आजको निर्णयले आज राति १२ बजेदेखि लागू हुने गरी जेष्ठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिए ।

 

‘निषेधाज्ञाकाबीच संक्रमण नफैलिओस् भन्ने अपेक्षा छ,’ कँणेलले भने, ‘विज्ञले नागरिकले सतर्कता अपनाए कोरोना न्यूनीकरण हुने भनेका छन् । त्यसैले निषेधाज्ञाको पालना हुन्छ भन्ने विश्वास छ । अटेर गरेमा अझै कडाइ गर्दै लग्नेछौं ।’

 

सिरहासहित प्रदेश २ का आठै जिल्लामा निषेधाज्ञा जारी भएको छ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढ्दै गएकाले सप्तरी र बाराले अर्काे सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने आदेश जारी गरेका छन् ।