पाल्पा । पाल्पामा निषेधाज्ञा जेठ १५ गतेसम्म लम्बिएको छ । आज बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले तेस्रो चरणअन्तर्गत निषेधाज्ञाको समयावधि थप गरेको हो ।
यसअघि जारी गरिएको समय मंगलबार (भोलि) राति १२ बजेदेखि सकिँदै छ । थप गरिएको निषेधाज्ञा मंगलबार राति १२ बजेदेखि १५ गते शनिबार राति १२ बजेसम्म कायम रहने पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए ।
थप गरिएको निषेधाज्ञाको समयावधिमा यसअघि भन्दा थप कडाइ हुने भएको छ । सडक तथा बजारका चोक चोकमा प्रहरी परिचालन गरिने छ । उनका अनुसार निषेधाज्ञाको समयमा यसअघिकै गतिविधिलाई निरन्तरता दिइने छ ।










