होमपेज » समाचार » तिब्बतबाट स्वास्थ्य सामग्री नेपाल आउने

तिब्बतबाट स्वास्थ्य सामग्री नेपाल आउने

बिहीबार, ६ जेष्ठ २०७८, ११:५८

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाललाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने भएको छ ।

तिब्बत सरकारले ३० हजार लिटर लिक्विड अक्सिजन, ८ सय थान अक्सिजन भरिएको सिलिण्डर, १० वटा अक्सिजन कन्सट्रेटर, ५ भेन्टिलेटर, २०० सय आइसियु बेड र १५०० सय एन्टिजेन किट्स रहेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।

ती स्वास्थ्य सामग्रीहरु छिटै नेपाल आइपुग्ने चिनियाँ दूतावासले जनाएको छ ।