काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ । कांग्रेस संसदीय दल कार्यसमितिको हिजोको बैठकको निर्णय अनुसार आज विहान निर्वाचन आयोगमा कांग्रेसले उजुरी दर्ता गराएको हो ।
कांग्रेस संसदीय कार्यसमिति बैठकले निर्वाचन आचारसंहिता विपरित वक्तव्य दिने प्रधान
मन्त्री ओली र मन्त्री श्रेष्ठलाई निर्वाचन आयोगले कारबाही गर्नुपर्ने ठहर पनि गरेको थियो । प्रधानमन्त्री ओलीले बुधबार निर्वाचन आचारसंहिताविपरीत मौन अवधिमा राष्ट्रिय सभा उपनिर्वाचनका एमाले उम्मेदवार रामबहादुर
थापा बादलका लागि मत मागेका थिए ।











