होमपेज » हेडलाइन » ‘महन्थले सहमति भङ्ग गरे’

‘महन्थले सहमति भङ्ग गरे’

शुक्रबार, ७ जेष्ठ २०७८, ११:०५

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरबीच भएको सहमति स्वयम् ठाकुरले भङ्ग गरेको यादव पक्षले आरोप लगाएको छ । दुई अध्यक्षबीच भएको सहमतिको उल्लघंन गरी पार्टी विभाजनको दिशामा अगाडि बढेको उनीहरुले ठहर गरेका हुन् ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच जेठ ४ गते सहमति भइ ८ बुँदे संयुक्त विज्ञप्ति जारी भएको थियो । सो सहमतिको उल्लंघन गर्दै अध्यक्ष ठाकुरले आफ्ना पक्षका सांसदहरुको बैठक बोलाएको आरोप सो पक्षले लगाएको छ । जसपाका कार्यकारिणी सदस्य एवं सांसद मोहम्मद इस्तियाक राइनले दुई अध्यक्षबीच कुनै पनि गुट भेला नगर्ने, कुनै पनि बैठक बसाउँदा सहमतिमा गर्ने निर्णय भएको तर पार्टीलाई कुनै जानकारी नदिइ आफू पक्षीय सांसदहरुको बैठक बोलाइएको दावी गरे ।

 

उनले भने, ‘म पनि जसपा नेपालको सांसद हुँ, पार्टी संसदीय दलको बैठक बस्दैछ भन्ने मलाई कुनै जानकारी नै छैन । यो कस्तो बैठक हो आफै अनुमान लगाउनुस् । यसले पार्टी एक रहन्छ भनि कसरी विश्वास गर्ने रु’ भोलिदेखि कार्यकारिणी समितिको बैठक बस्ने भनेर दुवैजना अध्यक्षले गरेको निर्णय अनुसार त्यसको तयारीमा लाग्नुपर्नेमा ठाकुर पक्ष गुटको भेला गर्न, बालुवाटार र शीतलनिवास धाउनुमा सक्रिय रहेको उनले आरोप लगाए ।