काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार ३ बजे दिउँसोदेखि आज बिहान ७ः३० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ८ जना बाँके, २÷२ जना सल्यान र कैलालीका तथा १÷१ जना दाङ, बर्दिया र प्युठानका छन् ।
भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१० बाँकेका ७१ वर्षीय पुरुषको बिहीबार दिउँसो १ बजे, नेपालगञ्ज उपमहानगरपालिका–१३ की ६३ वर्षीया महिलाको बिहीबार राति १०ः४५ बजे, बाकेँकै खजुरा गाउँपालिका ७ का ४८ वर्षीय पुरूषको बिहीबार राति १०ः ५० बजे, खजुरा गाउपालिका–३ कै ६७ वर्षीय पुरुषको बिहीबार राति ११ः५५ बजे मृत्यु भएको छ ।
यस्तै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत राप्तिसोनारी गाउँपालिका–३ बाँकेका ३३ वर्षीय पुरूषको बिहीबार ११ः३० बजे, राप्तिसोनारी गाउँपालिका–८ बाँकेकै ५५ वर्षीया महिलाको आज विहान ४ः२५ बजे, बैजनाथपुर गाउँपलिका–६ बाँकेका २५ वर्षीय पुरुषको आज ६ः४० बजे मृत्यु भएको छ भने बैजनाथ गाउँपालिका–४ की ४३ वर्षीया महिलाको आज विहान ७ः३० बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।










