बीरगञ्ज । विश्वव्यापी महामारीको रुप लिईरहेको कोभिड–१९ को नयाँ भेरियन्टसहितको संक्रमणबाट पछिल्ला केही दिनयता पर्सा जिल्ला पनि नराम्रोसँग प्रभावित भईरहेको बेला सशस्त्र प्रहरी बलको मिलोमतोमा लत्ताकपडा, गाई भैसी, हार्डवेयर लगायतको तस्करी शुरु भएको छ।संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले लकडाउन गरेपनि पर्सा जिल्लाको नाकाबाट व्यापकरुपमा गाई, भैसी तथा लत्ताकपडाको व्यापक तस्करी सशस्त्र प्रहरीको मिलोमतोमा शुरु भएको हो ।
वीरगंज भन्सार नाकाबाट सशस्त्र प्रहरीको मिलोमतोमा व्यापकरुपमा लत्ताकपडा, हाडवेयर, व्याट्री लगायतका सामानको तस्क’री शुरु भएको छ । सेटिङ्गमा तामान्ना भन्ने तस्करले रातीको समयमा ठेलामा कार्टुन भित्र व्याट्री राखी नेपालबाट भारत तर्फ तस्क’री गर्ने गरेको बुझिएको छ ।
त्यसैगरी अर्का त’स्कर दिपकले भारतबाट एक पल्ट लाखौ मुल्य बराबरको लत्ताकपडा, सटिङ्गसुटिङ्गको कपडा नेपाल भित्राउने गरेको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन् । त्यसैगरी निरु भन्ने तस्करको माछा, त्यस्तै हार्डवेयर, पाडा, भैसीको तस्करी प्रनी बमकै ईसारामा हुने गरेको एक तस्करले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।
रातीको करिब १२ बजे देखि ३ बजे सम्म भन्सार कै छेउछाउमा रहेको सहायक बाटोहरुबाट तस्करी हुने गरेको समाचार स्रोतले जनाएको छ । तस्करी नियन्त्रण गर्ने सीमा नाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलले लाखौं रुपैयाँको नजराना बुझी तस्करीको लाईन सुचारु गराउँदै आएको आरोप लागेको छ ।
रातिको समयमा १ सयदेखि ४०० सयको हाराहारीमा खेस्राहाको नहर बाटोको प्रयोग गरि पोखरिया बजार हुँदै परवानीपुरसम्म पु¥याउने गरेको नाम एक तस्करले बताएका छन् । सशस्त्र प्रहरी बल प्रदेश नम्बर दुईका प्रमुख डीआईजी चन्द्रप्रकाश गौतम (सीपी) ले पुर्णरुपले तस्करी बन्द गर्न निर्देशन दिएपनि शुरु भएको छ ।
तस्करी लाखौं रुपैयाँ तस्करहरुसँग असुल्ने गरेको एक तस्करले दावी गरेका छन् । सबैठवा नाकाबाट रातिको समयमा भारतबाट नेपालतर्फ गाई, भैसी, लत्ताकपडा र नेपालबाट पेट्रोल, डिजल लगायतका सामानहरुको तस्करी भईरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
डिआइजीको निर्देशन बमोजिम गणबाट निरीक्षक बिष्णु अधिकारीको कमान्डमा इस्क्वाड टोली खटिएपनि त्यो टोलीले तस्करी नियन्त्रण गर्नुको साटो तस्करीको सामान संरक्षित स्थानमा पुर्याउन सहयोग गरेको आरोप छ । फोटोमा भएका यी सशस्त्र प्रहरी इस्क्वाड टोलीका हुन । जयलाल, दीपक, सेखावत, मुन्ना र रेखाले अहिले तस्करीको लाइन पाएका छन् ।










