होमपेज » समाचार » माओवादीले बोलायो स्थायी समिति बैठक

माओवादीले बोलायो स्थायी समिति बैठक

शनिबार, ८ जेष्ठ २०७८, १५:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न दिउँसो ३ बजेका लागि बैठक बोलाएको स्थायी समिति सदस्य पम्फा भुषालले जानकारी दिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सदस्यले नयाँ सरकारका लागि आधार पेश गर्दागर्दै संविधानविपरीत संसद विघटन गरेपछि नेपालको राजनीतिमा तरंग आएको छ ।