काठमाडौ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रवन्धका डिआइजी पुरूषोत्तम कडेल र एसपी प्रेम बस्नेतले झुक्याउने गरेको छन् भन्ने कुरा भर्खरै भएका दुई घटनाले पुष्टि गरेको छ ।
प्रहरीको ठेक्का प्रक्रियालाई बुहुबर्षे बनाउनको लागि एक प्रतिशत कमिशन प्रबन्धका अधिकारीहरूले मागेको कुरा बाहिर आएको छ । शरूमा सिलाउने कपडाको हकमा भनियो भने पछि डिएमएस बुट र पछि अन्य सिलाउनु नपर्ने कपडाको हकमा पनि बहुबर्षे बनाउने भनी सबै ठेकेदारलाई एक प्रतिशत कमिशन मागेको खुलेको हो ।
कोरना कहरको कारण भारत र चाइना जान सक्ने अवस्था छैन । धेरै कलकारखाना बन्द छन् भने चलेका पनि आंशिक मात्रै चलेका छन् । नाका बन्द छ । यो अबस्थामा ठेकेदारले सामान ल्याउन असजिलो परेको अबस्थामा त्यसको फाइदा उठाउदै केही ठेकेदारको मिलिमतोमा एक प्रतिशत कमिशनको सहमतिमा बहुबर्षे बनाउने गरि सिफारिस गर्ने काम भएको छ ।
प्रहरीमा झण्डै ७० करोडको ठेक्का प्रर्क्रिरया चलिरहेको छ।यस हिसाबले पनि ७ करोडको चलखेल हुने देखिएको छ। अहिले बहुबर्षे बनाउनको लागि अर्थ मन्त्रालयको सहमति अनिवार्य रहन्छ । चलखेल यसैमा छ । यो कुरा प्रहरी महानिरीक्षकलाई थाहा नभएको हुनसक्ने बताउदै समाचार स्रोत भन्छ, डिआइजी कडेंलको धेरै बिश्वास उनले गरिरहेका छन् उनैले डुवाउछन जस्तो छ ।
त्यसैगरी ठेकेदार राजमान मिश्रले पाएको दुई हजार मिटर ट्युनिक कपडा फेल भएको छ । उनले बुझाएको कपडा नेपाल गुणस्तर तथा नापतौल बिभागमा टेष्ट गर्न पठाएकोमा फेल भएको छ । गुणस्तर फेल भए पछि ठेक्का पाउने कम्पनीको बैंक ग्यारेन्टी खाई कारवाहीका लागि खरिद अनुगमन कार्यालयमा पठाउनुपर्नेमा त्यसो नगरी उल्टो ठेकेदारलाई नै सामान फिर्ता गरि जोगाउने काम भएको छ ।
यो काममा भण्डारका डिएसपी गोविन्द पुरीको समेत संलग्नता रहेको कुरा बाहिर आएको छ । ठेकेदार मिश्रसंग डिआइजी कंडेल, एसपी बस्नेत र भण्डारका डिएसपी पुरीको धेरै नजिकको सम्बन्ध रहेको छ ।










