लाहान । सशस्त्र प्रहरी बलको सिराहा स्थित गणका एसपीको घुमुवाको सेटिङमा तस्करी चलिरहेको छ । डिआइजी घुमुवा बिरोधी अभियानमा छन् ।
तस्करी रोक्ने काममा सक्रिय छन् । तर गणका एसपीहरूले भने घुमुवा राखेर तस्करी चलाई तिनै मार्फत रकम असुली गरिरहेका छन् । यसको पछिल्लो उदाहरण सिराहामा देखिएको छ । सशस्त्रका एसपी दिपेन्द्र गिरीले बरिस्ठ हवल्दार सरोज सिहलाई घुमुवा राखेर तस्कर मार्फत रकम लिइरहेको खुलासा भएको हो ।
तस्करीको लाइन पाउनेमा माडरबाट रामसेवक यादव र प्रमोद कपडा, वोकिल रक्सी नेपालबाट भारत, कलिम साइकल मार्फत कवाडी, शयर किराना र हार्डवेयर ठूलो मात्रामा, लड्डु साह मनिक ठूलो मात्रामा कपडा र महिन्द्रा साह कपडा रहेका छन् ।










