काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथसाथै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०९ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३ हजार ७०२ र १ हजार ७८४ जनामा एन्टीजेन परीक्षण गर्दा ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।










