काठमाडौं । प्राइम बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठले नै निरन्तरता पाएका छन् । प्राइम बैंकको २०७८ जेठ १४ गते बसेको सञ्चालक समितिको ४२२ औं बैठकले श्रेष्ठको पदावधि रहुञ्जेलसम्मका लागि नै सञ्चालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो ।
समितिले श्रेष्ठलाई २ वर्ष पदावधिका लागि २०७६ जेठ २७ गते सञ्चालक समितिको अध्यक्ष चयन गरेको थियो ।










