काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ५ः ३० बजे साँझदेखि आज बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बर्दिया, १÷१ जना बाँके र कैलालीका छन् । भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका–६ बर्दियाका ४२ वर्षीय पुरूषको सोमबार साँझ ५ः०३० बजे मृत्यु भएको छ भने बढैयाताल गाउँपालिका–२ बर्दियाकी ४५ वर्षीया महिलाको सोमबार राति ९ बजे मृत्यु भएको छ ।
यस्तै टीकापुर नगरपालिका–८ कैलालीका ७७ वर्षीय पुरूषको बुधबार विहान १२ः ३० बजे मृत्यु भएको छ भने नेपालगञ्ज उपमहानगरपालिका–१ बाँकेका ७० वर्षीय पुरूषको बुधबार विहान ८ बजे मृत्यु भएको छ ।










