बच्चा जन्मेलगत्तै कुपोषणको नराम्रो असर आमा र बच्चा दुवैमा पर्छ । गर्भावस्थाको क्रममा र त्यसपछि हुने कुपोषण बच्चाको लागि घातक हुन सक्छ ।
स्तनपान यसको सबैभन्दा पहिलो र मुख्य कारण हो । बच्चालाई दुध पिलाउने आमालाई दैनिक कम्तीमा पनि दैनिक १००० क्यालोरी उर्जाको आवश्यकता हुन्छ । धेरै महिलाहरुलाई यसबारेमा थाहा हुँदैन त्यसै कारण उनीहरु डिहाइड्रेशन, भिटामिन वा मिनरल्सको कमी र कहिलेकाँही रगतको कमीको पनि शिकार हुन्छन् ।
बच्चाको जन्मभन्दा पहिले र पछि भिटामिनको सेवन गर्नु धेरै आवश्यक छ । फोलिक एसिड पानीमा घुलेर शरीरबाट बाहिर निस्कन्छ । जस कारण धेरै जसो बच्चा जन्मिएपछि महिलाहरु फोलिक एसिडको कमीको कारण एनिमियाबाट ग्रस्त हुन्छन् । त्यसैले फोलिक एसिडयुक्त खानेकुराहरु जस्तै हरियो सागसब्जी, सुन्तला, कागती जस्ता खानेकुरा खानुपर्छ ।
गर्भवती महिलाहरुमा कुपोषणको नराम्रो असर उनीहरुको पेटमा बढीरहेका बच्चामा पर्छ । बच्चाको विकास ठिक ढंगले हुँदैन र जन्मको समयमा उनीहरुको तौल सामान्यभन्दा कम हुन्छ ।
गर्भावस्थाको क्रममा कुपोषण र जन्मको समय कम तौलको नराम्रो असर बच्चामा पर्छ जसको विभिन्न परिणामहरु हुन सक्छन् । यदि गर्भावस्थाको क्रममा आमालाई पोषणको कमी भएको छ भने बच्चाले आफ्नो जीवनमा निम्न रोगहरुको सामना गर्नुपर्छ ।
बच्चालाई अस्टियोपोरोसिस, क्रोनिक किड्नी फेल्यर, मुटुरोग, टाइप २ मधुमेह, फोक्सोको रोग आदि लाग्ने समस्या हुन्छ । कुपोषणलाई सन्तुलिन आहारको सेवनबाट रोक्न सकिन्छ । महिलाहरुलाई गर्भावस्थाको क्रममा पर्याप्त मात्रामा फलफू, सागसब्जी, पानी, फाइबर, प्रोटिन, बोसो एवं कार्बोहाइड्रेटको सेवन गर्नुपर्छ ।
आइरनको महत्व
शरीरमा हेमोग्लोबिन बनाउनको लागि आइरन धेरै आवश्यक छ । हेमोग्लोबिन रातो रक्तकोषहरुमा पाइन्छ जसले पुरै शरीरिमा अक्सिजन पु¥याउँछ । यदि हाम्रो शरीरमा रातो रक्तकोषहरुको कमी भएमा सबै अंगसम्म अक्जिसन पर्याप्त मात्रामा पुग्दैन ।
तपाईं आइरनको सेवन ठिकसँग गर्नुहुन्न भने विस्तारै–विस्तारै हेमोग्लोबिनको कमी हुन थाल्छ र तपाईं एनिमिक हुनुहुन्छ । तपाई आफ्नो शरीरमा उर्जाको कमी महसुस गर्नुहुन्छ । तपाईंको शरीरमा रोगसँग लड्ने तागत हुँदैन ।
बच्चालाई जन्म दिए पछि धेरै जसो महिलाहरु थकान र कमजोरी महसुस गर्छन् । यस्तोमा उनीहरले आइरनयुक्त खानेकुराको सेवन गर्नुपर्छ । बच्चाको जन्मको क्रममा
ग्लुकोज महत्व
शरीरमा आइरनको सही अवशोषणको लागि ग्लूकोज पनि धेरै महत्वपूर्ण छ । यसले आइरनलाई तिव्र रुपमा अवशोषण हुनुको साथसाथै शरीरलाई उर्जा पनि मिल्छ ।
बच्चाको जन्म पछि धेरै महिलाहरु एकदम आफ्नो तौल कम गर्न चाहन्छन् । जुन कारणले उचित आहारको सेवन गर्न पाउँदैनन् । यो हानीकारक हुन सक्छ । स्तनपान गराउनाले तौल आँफै कम हुन्छ । जबकी स्तनपान गाउने आमालाई दैनिक ३०० अतिरिक्त क्यालोरी को आवश्यकता हुन्छ ।










