मिर्गौलाको प्रमुख काम रगतबाट विकारयुक्त पदार्थ र अतिरिक्त तरल पदार्थ छानेर शरीर बाहिर निकाल्नु हो । आजभोली धेरै मानिसहरु मिर्गौला रोगको शिकार भइरहेका छन् ।
खानपानमा ध्यान नदिनु, उच्च रक्तचाप, महुमेह आदिको कारणले मिर्गाैलाको समस्या उत्पादन हुन्छ । तर, कहिलेकाँही अन्य केही चिकित्सकिय कारणले पनि मिर्गौैला सुन्निने गर्छ ।
मिर्गौला सुन्निने समस्यालाई चिकित्सकिय भाषामा ‘ग्लोमेरुलोनेफ्राइटिस’ भनिन्छ । मिर्गौला सुन्निने समस्या यस्तो रोग हो जसको कारण मिर्गौलाको फिल्टर सुन्निन्छ ।
मिर्गौलाको फिल्टर धेरै साना रक्तनलीहरुबाट बनेको हुन्छ जसलाई ग्लोमेरुली भनिन्छ । जब यो समस्या अचानक सुरु हुन्छ, त्यतिखेर यो समस्या गम्भिर हुन सक्छ । यसैले मिर्गोला सुन्निने समस्यालाई हल्का रुपमा नलिनुहोस् । तर, तपाईंले मिर्गौला सुन्निने समस्यालाई समयमै पहिचान गरि नेफ्रोलोजीस्टसँग परामर्श लिनुपर्छ ।
यस्ता छन् लक्ष्णहरु
0 ज्वरो आउने
0 पिसाब गर्नमा दुखाई
0 पहेँलो वा रातो रंगको पिसाब
0 सहनै नसकिने तिव्र दुखाई
0 पिसाबमा धेरै प्रोटिन हुने
0 पिसाब धेरै कम आउनु
0 फोक्सोमा तरलपदार्थ जम्मा हुनु
0 खोक्न र श्वासप्रश्वासमा समस्या
0 धेरै थकान लाग्नु
0 सासमा दुर्गन्ध आउनु
0 शरीर सुन्निने र सासफेर्न समस्या हुनु
मिर्गोला सुन्निएमा के हुन्छ ?
मिर्गौला सुन्निने एक यस्तो स्थिती हो जसमा मिर्गौलाको मुख्य भाग सुन्निन्छ जसलाई निफ्रोन भनिन्छ । यसले मिर्गौलाको रगत सफा गर्ने क्षमता कम हुन्छ ।
मिर्गौला सुन्निने कारणले घाँटी खसखसाउने, छालामा संक्रमण जस्तो संक्रमणहरु प्रति प्रतिरक्षा प्रतिक्रियामा कमीको कारण घातक हुन्छ । केही अवस्थामा भने यस्तो संक्रमण ठिक हुन्छ र मिर्गौलाको कार्यमा सुधार हुन्छ ।
मिर्गौलाको कैयौं प्राथमिक समस्याहरुको प्रभाव ग्लोमेरुलसमा पर्छ । जस्तो पिसाब गर्नमा समस्या हुन्छ र किड्नीको रगत सफ ागर्ने क्षमता कम हुन्छ ।
मधुमेहका रोगीहरुलाई खतरा
मधुमेह र ल्युपस जस्ता केही अटो इम्युन रोगहरुबाट पिडित मानिसहरुमा सेकेण्डरी ग्लोमेरुलोनेफ्राइटिस अर्थात मिर्गौला सुन्निने स्थिती आँउछ । यस्तो स्थितीमा समयमै उपचार गर्नाले मिर्गौलालाई बँचाउन सकिन्छ ।
एन्टीबायोटिक औषधि
बेलाबखत दुखाई निरोधक वा एन्टीबायोटिक औषधिको साइडइफेक्टको कारण पनि ग्लोमेरुलोनेफ्राइटिस हुन सक्छ । यसैले कुनै पनि एन्टीबायोटिक औषधि लिनभन्दा पहिले डाक्टरसँग सोध्नुहोस् ।
त्यसैले पिसाबमा रगतको मात्रा देखिएमा वा पिसाबको रंग अचानक परिवर्तन भएर रातो खैरो देखिएमा मिर्गौलाको डाक्टरलाई एकपटक देखाउनुहोस् ।










