काठमाडौं । भावी रणनीति तय गर्न बिहीबारबाट जारी एमालेको खनाल–नेपाल समुहको केन्द्रीय समितिको दोस्रो दिनको भर्चुअल बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएको छ । केन्द्रीय सदस्यहरुले बोलिसकेपछि अहिले स्थायी समितिका सदस्यहरुले आफ्नो धारण राखिरहेका छन् ।
अहिले स्थायी समिति सदस्य मुकुन्द न्यौपाने बोल्दै हुनुहुन्छ, उहाँपछि भीम रावल र अन्त्यमा माधवकुमार नेपालले बैठक समापन गर्नुहुनेछ’, एक केन्द्रीय सदस्यले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार आज बोल्ने अधिकांश सदस्यहरुले पनि ओलीबाट अल्मल्याउने काम मात्रै भइरहेको भन्दै नयाँ क्रान्तिकारी पार्टी गठन गर्नुको विकल्प नभएको सुझाव दिएका छन् ।
आजको छलफलमा धारणा राख्दै स्थायी समिति सदस्य गोकर्ण विष्टले ओली समूहसँग गरेको वार्ताप्रति आफ्नै समुहमा भएको आलोचनाप्रति गुनासो गरेका थिए ।










