होमपेज » समाचार » कर्णाली प्रदेशको वर्षे अधिवेशन हुने

कर्णाली प्रदेशको वर्षे अधिवेशन हुने

शुक्रबार, २१ जेष्ठ २०७८, १५:२२

कर्णाली प्रदेशसभाको आठौँ (वर्षे) अधिवेशन बोलाइएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले अधिवेशन यहि जेष्ठ २४ का लागि आव्हान गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यहीँ जेष्ठ २४ गते दिउँसो २ बजेदेखि अधिवेशन सुरु हुनेछ ।

 

हिजो (बिहीबार) बसेको सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन आग्रह गरेको गरेको थियो । भने प्रतिपक्षी दल नेकपा एमालेले भने बजेट अधिवेशन बोलाउन यसअघि नै आग्रह गरिसकेको छ । सरकारले नयाँ आर्थिक वर्षका लागि झण्डै ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ ।