होमपेज » प्रवास » नेपाली विद्यार्थी समाज जापानको अध्यक्षमा अजय राना

नेपाली विद्यार्थी समाज जापानको अध्यक्षमा अजय राना

सोमबार, २८ असार २०७८, १६:३६

नागोया । जापानमा नेपाली विद्यार्थीहरुद्वारा गठित नेपाली विद्यार्थी समाज जापान (नेसाज) को १९ औ अधिवेशन हिजो भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । उक्त अधिवेशनबाट अध्यक्षमा अजय रानालाई सर्वसम्मत चयन गरेको छ।

 

कोरोनाको महामारीलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट सम्पन्न उक्त अधिवेशनले रानाको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

 

उपाध्यक्षमा पवन श्रेष्ठ , महासचिवमा संजय कार्की ,सचिवमा निरन्जन भण्डारी ,सह-सचिवमा इश्वर थापा ,कोषाध्यक्षमा सुनिल ज्ञवाली र सह-कोषाध्यक्षमा रिन्कु कार्की चयन भएका छन् ।

 

सदस्यहरुमा क्रमश : नविना भण्डारी ,मनोज अधिकारि ,कृष्णा परियार ,सुवर्ण भट्ट ,सौरब कार्की ,अमित श्रेष्ठ ,राजेन्द्र गिरि ,रोशन भण्डारी ,हरि प्रसाद न्यौपाने ,कृष्णा कार्की ,विकास न्यौपाने र सुवाष लामिछाने निर्वाचित भएका छन् ।

 

कृष्ण प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख अतिथि एनआरएनए एसिया प्यासिफ़िकका संयोजक गोविन्द श्रेष्ठ थिए। कार्यक्रममा नेसाजका पुर्व अध्यक्षहरु डा सरोज कंडेल ,रिसभ पौडेल ,बिमल अधिकारी ,तेज प्रकाश गुरुङ र जापानमा सक्रिय विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले कार्यक्रमको सफलताका शुभ कामना दिएका थिए।

महासचिव अजय रानाले संचालान गरेका कार्यक्रममा वरिष्ठ उपाध्यक्ष एवम् अधिवेशन संयोजक प्रकाश भण्डारी क्षेत्रीले स्वागत मन्तब्य राखेका थिए भने कोषाध्यक्ष विकाश अधिकारीले आर्थिक प्रतिवेदन पेस गरेका थिए।