होमपेज » समाचार » एनआरएनए आईसीसी सदस्यमा डा.बलराम श्रेष्ठको उम्मेद्वारी

एनआरएनए आईसीसी सदस्यमा डा.बलराम श्रेष्ठको उम्मेद्वारी

शनिबार, ९ श्रावण २०७८, १७:०८

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) सदस्यमा डा. बलराम श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

आगामी कार्यकाल २०२१-०२३ को लागि एनआरएनए आईसीसी सदस्यमा जापानबाट डा.श्रेष्ठले उम्मेदवारी दिएका हुन ।

 

जापानमा आफ्नै (ल) फर्म संचालन गर्दै आएका श्रेष्ठ जापानमा क्रियाशील एक मात्रै नेपाली अन्तर्राष्ट्रिय अधिवक्ता हुन्। श्रेष्ठले नेपालको त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर र जापानको टोकियो कृषि तथा प्रविधि विश्वविद्यालय/टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीबाट विद्यावारिधी गरेका हुन् ।

 

व्यवसायसंगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका डा.श्रेष्ठ एनआरएनएको स्थापना कालदेखिनै विभिन्न अभियानमा सक्रिय रहदै आएका छन्। सन २००३ मा एनआरएनए जापानको विधान ड्राफ्ट समिति हुँदै,सन २००७ देखि २०११ सम्म एनआरएनए जापान चुगोकु चुहो क्षेत्रको संयोजक, एनआरएनए जापानको उच्चस्तरीय विज्ञ समिति, केहि समय अघि एनआरएनए जापानमा उठेको आर्थिक अनियमितता बिषयमा गठित उच्चस्तरीय छानबिन समितिको सदस्य सचिवमा रहेर काम गरिसकेका छन्।

 

साथै एनआरएनए अन्तर्राष्ट्रिय फाउन्डेसनको संस्थापक सदस्य र एनआरएनए जापानको निर्वाचन अधिकृत लगायतका जिम्मेवारीहरु सम्हालिसकेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशन भोलि २५ जुलाई र निर्वाचन २७ तारिख जापानको ओशाका शहरमा सम्पन्न हूदै छ।