होमपेज » अन्तर्राष्ट्रिय » आँधीको कारण जापान सरकारद्वारा तीन लाखलाई ठाउँ छोड्न आग्रह

आँधीको कारण जापान सरकारद्वारा तीन लाखलाई ठाउँ छोड्न आग्रह

सोमबार, २५ श्रावण २०७८, १६:३२

टोकियो ।  जापानका विभिन्न ठाउँमा आँधी आउने भएकाले ती ठाउँका बसिन्दालाई अन्यत्र जान सरकारले आग्रह गरेको छ । जापानको हिरोशिमा, शिमान र एहिमलगायतका क्षेत्रमा खतरा रहेकाले ती क्षेत्रमा रहेका करिव तीन लाख २०० भन्दाबढी मानिसलाई ठाउँ छोड्न सरकारले सोमबार आग्रह गरेको हो ।

 

 

आँधीको खतराका कारण जापानी एयरलाइन्सका त्यस क्षेत्रका ६३ ओटा उडान रद्द भएका छन् भने अरु उडान अनिश्चित रहेका छन् । अहिले आउन लागेको निकै शक्तिशाली भएकाले धेरै क्षति हुनसक्ने अनुमानसमेत गरिएको अधिकारीहरुले जनाएका छन् ।