होमपेज » समाचार » उपत्यकामा बिहिबार राति ८ बजेबाट सार्वजनिक र निजी सवारी संचालनमा रोक

उपत्यकामा बिहिबार राति ८ बजेबाट सार्वजनिक र निजी सवारी संचालनमा रोक

मंगलवार, २६ श्रावण २०७८, १५:३८

काठमाडौं। काठमाडौं उपत्यकामा रातिको समयमा सार्वजनिक र निजी सवारी संचालनमा रोक लगाउने भएको छ। बिहिबार साँझ ८ बजेबाट सार्वजनिक र निजी सवारी संचालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ।

 

आज बसेको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो निर्णय गरेका हुन् । ‘साँझ ८ बजेभित्र गन्तव्यमा पुगि सक्नुपर्छ’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराइले भने–‘८ बजेबाट निजी र सार्वजनिक दुवै सवारी चलाउन रोक लगाउने निर्णय गरेका छौं ।’ अत्यावस्यक सवारीसाधनलाई भने यो नियम लागु नहुने र जुनसुकै बेला संचालन गर्न सकिने बताए।

त्यसै गरि उपत्यकामा जारि निषेधाज्ञा भदौ ८ सम्म थप गरिएको छ ।