होमपेज » समाचार » बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर निष्कासन

बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर निष्कासन

सोमबार, ३२ श्रावण २०७८, १६:५६

नुवाकोट। नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा रहेका बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले जिल्लाभरिका लागि स्थानीय शेयर जारी गरेको छ ।कम्पनीले साउन ३२ गतेदेखि भदौ १४ गतेसम्मका लागि संस्थापक शेयरधनीहरुका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गरेका हुन् ।

 

कम्पनीले प्रतिशेयर १०० अङ्कित मूल्यका १२ लाख कित्ता शेयर जारी गरेका हुन् । जसमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ ।

 

लगानीकर्ताले न्यूनतम १० कित्ता अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द ढिलोमा भदौ २९ गतेसम्म हुनेछ। आवेदनको लागि आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैङ्कका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको । कम्पनीले तादी गाउँपालिकास्थित समुन्द्रटारमा ४.९९३ मेगावाटको जलविद्युत निर्माण गरेको हो ।