रुकुम । रुकुममा निषेधाज्ञाको अवधि पुनः १० दिन थपिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिएमसी)को बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले पुनः १० दिनसम्म निषेधाज्ञालाई थप गरेको हो ।
जसअनुसार अब भदौ १० गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । उनका अनुसार यसअधि यही साउन २५ गतेदेखि ३२ गते सम्म जिल्लामा निषेधाज्ञा थियो ।
कोरोना संक्रमणको जोखिम केही कम भए पनि पूर्णरुपमा नियन्त्रण नभएको र दैनिकजसो संक्रमितहरु भेटिरहेकाले निषेधाज्ञाको अवधि बढाइएको प्रजिअ बास्कोटाको भनाइ छ ।










