होमपेज » आर्थिक » बैंक/वित्त » सुरेन्द्रराज रेग्मी ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

सुरेन्द्रराज रेग्मी ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

सोमबार, ३२ श्रावण २०७८, १७:४३

काठमाडौँ। ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।

 

साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकको निर्यणले रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा भोलि १ गतेदेखि लागू हुनेगरी बढुवा गरेका हुन् ।

 

करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ साल बैशाखबाट नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।