होमपेज » समाचार » आज ३४५१ कोरोना संक्रमित थपियो,३५ जनाको मृत्यु

आज ३४५१ कोरोना संक्रमित थपियो,३५ जनाको मृत्यु

सोमबार, ३२ श्रावण २०७८, १७:२७

काठमाडौं । आज देशभर ३४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३५ जनाको मृत्यु भएको छ, भने २४५८ जना संक्रमणमुक्त भएका छन् ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १५ हजार ६११ नमुनाको परीक्षण गरिएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ ,भने कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ।