होमपेज » समाचार » प्रधानमन्त्री देउवा, अध्यक्षद्वय दाहाल र नेपालबीच भेटवार्ता

प्रधानमन्त्री देउवा, अध्यक्षद्वय दाहाल र नेपालबीच भेटवार्ता

आईतवार, १३ भाद्र २०७८, १३:२४

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा उहाँहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेलगायत समसामयिक राजनीति विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

नेकपा (एमाले) फुटेर केही दिनअघि मात्र एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मन्त्रिमण्डललाई पूर्णता दिन लाग्नुभएको हो ।