काठमाडौँ। गायिका तथा मोडल रितु तामाङले दोस्रो राष्ट्रिय साधना म्युजिक अवार्ड हात पार्न सफल भएकी छिन् ।

धादिङ जन्म घर भई राजधानीमा कलाकर्म गर्दै आएकी तामाङले दर्जनौ गीतमा अभिनय र दर्जनौ गीतमा आफ्नो स्वर दिईसकेकी छिन् । तामाङलाई ‘मनचरी’ बोलको गीतबाट यो वर्षको सर्वाेत्कृष्ट गायिका तर्फको अवार्ड प्रदान गरिएको हो ।

साधना म्युजिक प्रालिको आयोजनामा शुक्रबार सम्पन्न दोश्रो साधना म्यूजिक अवार्डमा तामाङलगायत अन्य कलाकारहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथिमा बरिष्ठ गायक नारायण रायामाझी र अन्य कलाकारहरुको पनि उपस्तिथि रहेको थियो ।










