होमपेज » समाचार » वोमी लघुवित्त र सूर्योदय लघुवित्त मर्जरमा जाने

वोमी लघुवित्त र सूर्योदय लघुवित्त मर्जरमा जाने

बुधबार, १६ भाद्र २०७८, १५:५५

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् ।

 

दुबै लघुवित्तबीच आपसमा गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी सम्झौता भएको हो । वोमी लघुवित्तको हाल चुक्ता पूँजी ४१ करोड १९ लाख रहेको छ भने सुर्योदय लघुवित्तको २४ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

 

मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै आजदेखि दुबै लघुवित्तको शेयर कारोबार रोक्का भएको छ ।