होमपेज » हेडलाइन » सिनेमा हल खुल्ने, स्कुल खोल्न नपाइने !

सिनेमा हल खुल्ने, स्कुल खोल्न नपाइने !

बुधबार, १६ भाद्र २०७८, १६:०६

काठमाडौं । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले भौतिक रूपमा विद्यालय सञ्चालन नगर्ने निर्णय गरेका छन् । तर प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सिनेमा हल भने भदौ १७ गते बिहीबारबाट खुलाउने निर्णय गरेका छन् । योसँगै मनोरञ्जन स्थल, जिमखाना, खेलकुद, व्युटीपार्लर सैलुन लगायतका अहिलेसम्म बन्द रहेका व्यवसाय सञ्चालन हुने भएका छन् ।

 

 

बुधबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी निषेधाज्ञाबारे थप निर्णय गर्दै विद्यालय सञ्चालनबारे भने अस्पष्ट निर्णय गरेका हुन् ।

 

बैठक पछि काठमाडौँ जिल्ला प्रशासनले जारी गरेको आदेशमा भदौ १७ देखि भदौ मसान्तसम्म लागु हुने गरी शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने उल्लेख छ ।

 

आदेशमा भौतिक उपस्थितिमा पठनपाठन गर्नुपर्ने भएमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर स्थानीय तहरुले कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालन गर्न सक्ने उल्लेख छ ।