होमपेज » हेडलाइन » निर्वाचन आयोग र सभामुखविरुद्ध रिट निवेदन दर्ता

निर्वाचन आयोग र सभामुखविरुद्ध रिट निवेदन दर्ता

बुधबार, १६ भाद्र २०७८, १८:३८

काठमाडौं । नेकपा एमालेले सभामुख र निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । एमालेले आज सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दर्ता गरेको हो । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध रिट निवेदन दर्ता गरेको हो ।

 

 

निर्वाचन आयोग विरुद्धको रिट निवेदनमा वदनियतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको भन्दै अन्तरिम आदेश माग गरिएको छ ।

 

अधिवक्ता बाबुराम दाहालले रिटमा निर्वाचन आयोगमा नेता माधव नेपालसहितले नयाँ दल दर्ताका लागि दिएको निवेदनमा हस्ताक्षर गर्नेहरु ५५ जना केन्द्रीय सदस्य भनेर गरेको दावी तथ्यसंगत नभएकाले ३९ जना मात्रै भएकाले दललाई मान्यता नदिन अन्तरिम आदेश माग गरेको जानकारी दिए ।