होमपेज » खेलकुद » टोकियो पाराओलम्पिक: रिपेचको सेमिफाइनलमा पलेशा गोवर्धन

टोकियो पाराओलम्पिक: रिपेचको सेमिफाइनलमा पलेशा गोवर्धन

शुक्रबार, १८ भाद्र २०७८, १५:४७

टोकियो । जापानको राजधानी टोकियोमा जारि पाराओलम्पिक २०२० मा नेपालबाट सहभागी भएका तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धन रिपेजतर्फ सेमिफाइनलमा पुग्न सफल भएकी छिन।

 

पलेशाले पहिलो खेलमै बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएर रिपेजमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन् ।

 

के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी पलेशाले रिपिचेजको क्वाटरफाइनलमा अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई १०–० ले पराजित गरिन् । यो जितपछि पलेशाले कास्य पदक जित्ने सम्भावना कायम राखेकी छन् ।

 

पलेशाले अब रिपेज सेमिफाइनलमा सर्वियनकी मारिजा मिसेभसँग प्रतिस्पर्धा गर्नेछन् ।