होमपेज » समाचार » डिआइजी उमेशको नाममा रौतहटमा उनका घुमुवाको असुली

डिआइजी उमेशको नाममा रौतहटमा उनका घुमुवाको असुली

आईतवार, २० भाद्र २०७८, १२:२८

रौतहट । करिव सात महिना जागिर अबधि रहेका दुई नम्बर प्रदेशका डिआइजी उमेश रन्जितकारले मातहतका जिल्लामा प्रदेश तहबाट घुमुवा परिचालन गरेका छन् । आइजिपी शैलेश थापा क्षेत्रीको कमाण्ड कमजोर भएको कारण अहिले प्रदेश तहमा डिआइजीहरूले घुमुवा परिचालन गरि रकम असुली गरिरहेका छन् ।

 

विगतमा आइजिपी सचिवालय अन्तर्गत रहेको उजुरी छानबिन शाखाले घुमुवाको असुली , तस्करी र कार्यालय प्रमुखहरूले घुमुवा परिचालन गरि तस्करी गराएको सम्बन्धमा छानबिन गर्ने गर्दै आएको थियो । तर हालका आइजिपीले त्यो नगर्दा अहिले दुई नम्बर र पाँच नम्बर प्रदेशमा सबैभन्दा बढी तस्करी हुदै आएको छ । दुई नम्बर प्रदेशका आठवटै जिल्लाबाट अहिले तस्करीको लाइन चलेको छ ।

 

डिआइजी उमेश रन्जितकारले प्रदेश तहबाट रौतहटमा हवल्दार राजमंगल सिंहलाई घुमुवाको रूपमा परिचालन गरेका छन् । त्यसो त रौतहटको एसपी हुदा नै रन्जितकारले सिंहलाई सिपाही हुदा नै घुमुवा राखेका थिए। अहिले डिआइजी भएर आएपछि उनले रौतहटको ठेक्का दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका मुद्दा फांटमा काम गर्ने एक अधिकृतले जानकारी दिए। सर्लाही पुर्खाैली घर भएका सिंहले रौतहटमा लामो समयदेखि घुमुवा बसेकै कारण गौरमा बिपी चौक टेलिकम नजिक दुई तले घर बनाउन सफल भएका छन भने अन्य ठाउँमा घडेरी जोड्न पनि सफल भएका छन । स्कारपियो गाडी समेत खरिद गरेका छन ।

 

अहिले डिआइजीको लागि भनेर उनले खुलेयाम रकम असुली गरिरहेका छन् । यो असुली धन्दाको बारेमा आइजिपी कहाँ समेत उजुरी परेको भए पनि छानबिन भने नभएको बताइएको छ ।