होमपेज » समाचार » आज सुनमा ६ सय र चाँदीमा २५ रुपैयाँले वृद्धि

आज सुनमा ६ सय र चाँदीमा २५ रुपैयाँले वृद्धि

आईतवार, २० भाद्र २०७८, १३:१७

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो ।

 

योसँगै आज बजारमा सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ भने चाँदी एक हजार २३० रुपैयाँ कायम भएको छ । गत शुक्रबार बजारमा सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ र चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।

 

आज तेजबी सुनको मूल्य समेत ६०० रुपैयाँले नै बढ्दै ९१ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।