होमपेज » हेडलाइन » कांग्रेसको १४औं महाधिवेशनमा युवा पुस्ता आकर्षित

कांग्रेसको १४औं महाधिवेशनमा युवा पुस्ता आकर्षित

आईतवार, २० भाद्र २०७८, १६:५८

काठमाडौं । कांग्रेस महाधिवेशन १४औं नेतृत्वमा बढी युवा पुस्ता आकर्षित भएको पाइएको छ । भदौ १८ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको वडा अधिवेशनमा युवा नेतृत्वमा स्थापित हुने क्रम बढेको छ ।

 

युवाको सक्रियता बुढापाकालाई नेता बनाउनेमा मात्र सीमित छैन । कति युवा आफैँ नेतृत्वमा स्थापित हुन थालेका छन् । ९० वर्षसम्मका क्रियाशील सदस्य हुने पार्टीका नेता कार्यकर्तामा १९ वर्षीय युवतीले वडा सभापति जीत हात पारेपछि सामाजिक सञ्जालमा बधाई दिनेको सङ्ख्या बढेको छ । सञ्जालमा धेरैले ‘अब देशमा केही हुन्छ’ भनी सकारात्मक सन्देश प्रवाह गरेका छन् ।

 

दैलेख जिल्ला दुल्लु नगरपालिका–३ को सभापतिमा १९ वर्षीय स्वस्तिका महत निर्वाचित भएपछि पार्टीका नेता कार्यकर्ता मात्र नभइ अन्य दल एवं क्षेत्रबाट पनि बधाई सन्देशको ओइरो लागेको हो ।

 

खेमराज बस्नेतले युवा विरक्तिएर विदेश पलायन भएका बेला १९ वर्षीया युवती पार्टीको वडा तहको नेतृत्व लिन सफल हुनुले सकारात्मक सन्देश दिएको सामाजिक सञ्जालमा लेखेका छन् । महतलाई सामाजिक सञ्जालमा बधाई दिने पनि धेरै छन् । धेरै सञ्चारमाध्यमले यो विषयलाई प्राथमिकताका साथ समाचारमा समेटेका छन् ।